गृह मन्त्रीद्वारा अफगानिस्तानबाट छिटो उद्दार गर्न निर्देशन, एमालेले उत्पात मच्चाउँदा नाङ्गियो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा भएको घटना र नेपाली नागरिकहरूको सुरक्षित रुपमा उद्दार गर्ने विषयलाई लिएर समन्वयात्मक र प्रभावकारी कार्य गर्न निर्देशन दिएका छन् ।

सोमबार सिंहदबारस्थित गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले अफगानिस्तान घटनाको नेपालमा पनि केहीन केही प्रभाव पर्न सक्ने देखिएको भन्दै सर्तक रहन आग्रह गरेका छन् । उनले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दारमा ध्यान दिन पनि निर्देशन दिएका छन् ।

‘अफगानिस्तान घटनाले नेपालमा पनि केहीन केही प्रभाव पर्न सक्ने देखिएको सन्दर्भसहित त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्ने र स्वदेश फर्काउने भन्ने विषयमा कार्ययोजनासहित कार्य गर्नुपर्छ’, गृहमन्त्री खाणले भनेका छन् ।

‘उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने त्यारी गरि स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरुलाई घरसम्म पु¥याउने व्यवस्था समेत मिलाउन निर्देशन दिनुभएको छ’, गृह मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव फणिन्द्रमणि पोखरेलले भनेका छन् ।

परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदान प्रदान र समन्वय गरेर प्रभावकारी रुपमा कार्य गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, परराष्ट्रसचिव भरतराज पौड्याल, सुरक्षा निकायका प्रमुखहरू र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि र अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाका विषयमा यकिन गरि आवश्यक समन्वयका साथ उद्दारका कार्यहरू गर्न निर्देशन दिएका हुन् ।

बैठकमा परराष्ट्र मन्त्रालयका सह–सचिवको अध्यक्षतामा गठित कार्यदलका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

परराष्ट्र मन्त्रालयबाट हाल अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था, उनीहरूको सुरक्षा र सुरक्षित तवरबाट स्वदेश फर्काउन भैरहेका प्रयासबारेमा बैठकमा जानकारी गराइएको थियो ।

सुरक्षा प्रमुखहरूबाट उक्त घटनाबाट मुलुकमा पर्न सक्ने प्रभाव र सुरक्षा सम्बन्धमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।

गृहसचिव टेकनारायण पाण्डेले अफगानिस्तान घटनाबाट नेपालमा कुनै न कुनै रुपमा प्रभाव देखिन सक्ने हुँदा सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत कुटनैतिक सम्पर्क बढाउने, पर्यटन मन्त्रालयले वायुसेवालाई तयारी अवस्थामा राख्ने नेपाली नागरिकलाई नेपाल ल्याइसकेपछि उनीहरूको व्यवस्थापन गर्न होल्डिङ सेन्टर, होटेल क्वारिन्टाइन र खोप लगायतका स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताए ।

गृहसचिव पाण्डेले सीमा नाकामा निगरानी बढाउने, उक्त घटनालाई लिएर हुन सक्ने कुनै पनि गतिविधि उपर निगरानी एवम् नियन्त्रण गर्ने गरि तयारी अवस्थामा रहन आवश्यक रहेको धारणा बैठकमा राखेका थिए ।

प्रमुख विपक्षी दल एमालेका नेताहरू अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दारका विषयमा विभिन्न बखेडा निकालेका बेला सरकारले आफ्नो कामलाई तिब्रताका साथ गरिरहेको देखिएको छ ।

राजनीतिक खपतका लागि एमालेले अफगानिस्तानको घटनालाई अनावश्यक उछालेको छ । सरकारले एमालेले भन्दा धेरै चिन्ता र चासोका साथ अफगानिस्तानमा रहेका नेपालीहरूको उद्दार र सहयोगका लागि काम गरेको छ ।

Published : Monday, 2021 August 16, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया