‘मीनध्वज’ काठमाडौंबाट पक्राउ

काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा २८ वर्षीय ‘मीनध्वज’ भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले घर भएका मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मोक्तानसहितको ग्याङले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार रुपियाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी विभिन्न ६ जना पीडितहरूबाट ३९ लाख रुपियाँ ठगी गरी सम्पर्क विहीन भएका थिए ।

महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले मोक्तानलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Published : Monday, 2021 August 16, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया