सिन्धुपाल्चोकका तीन जना ठग पक्राउ

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ साधीखोल्साबाट ठगी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ धार्पा बस्ने २९ वर्षीय भीमबहादुर लामा, २५ वर्षीय बाबु भन्ने भक्तबहादुर लामा र सोही ठाउँ बस्ने ३२ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

उनीहरूले नेपाली पैसा २० रुपियाँको ४ वटा बण्डलमा अमेरिकी डलर माथिबाट ढाकी ठगी गर्दै गरेको भन्ने सूचानाको आधारमा ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले उनीहरूलाई बा.९१ प ७४३१ नम्बरको मोटरसाइकल, नगद ७ हजार ७ सय ६० रुपियाँको ४ वटा बण्डल र अमेरीकी डलर ५० को २ थान र १ डलर १ थान सहित फेला पारी पक्राउ गरेको हो ।

Published : Sunday, 2021 August 15, 6:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया