काठमाडौंमा १४ जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकमा जुवा खेल्ने १४ जनाको समूह पक्राउ परेको छ ।

कार्की धारास्थित भगवती अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप कार्की लगायत १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सो घरमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय २० रुपियाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Published : Sunday, 2021 August 15, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया