मेगा बैंकका ५ वटा नयाँ शाखा थपिए


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाइघाट, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका– ४ चन्द्रपुर, चितवन जिल्लाको रत्ननगर नगरपालिका– ६ सौराहा र कास्की जिल्लाको पोखरा महानगरपालिका– ६ गौरीघाटमा शाखाहरू विस्तार गरेको हो ।

यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ ।

अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरू रहेका छन् । थप ४ वटा शाखाहरू सञ्चालनमा आउने तयारीमा रहेका छन् ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।

Published : Sunday, 2021 August 15, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया