लुम्बिनीमा ओली समूहभित्र पहिरो गयो, ओली–पोखरेललाई ‘औकात’ देखाइदिने

बुटवल । लुम्बिनी प्रदेशका एमालेका दुई जना सांसद विष्णु पन्थी र रमा घर्ती वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा खुलेका छन् ।

पन्थी र घर्ती खुलेका थिएनन् । उनीहरू नेपाल समूहमा खुलेर गतिविधि गर्न लागेको स्रोतले जनाएको छ । पन्थी र घर्तीले खड्गप्रसाद ओली समूहलाई छाडेपछि बालुवाटारमा तनाब भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर ढलेसँगै उनीहरू नेपाल समूहमा खुलेका हुन् । नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी थिए ।

पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।

लुम्बिनी प्रदेश सभामा एमालेसँग ३७ सांसद छन् । २ जना नेपाल पक्षमा खुलेपछि ओली पक्षसँग ३५ सांसद रहेका छन् ।

नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको राजीनामा मागेको छ । ओली र पोखरेलले धेरै तनाव दिए औकात देखाइदिन नेपाल समूहको चेतावनी छ ।

दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताएका छन् ।

भदौ १५ भित्र नगरपालिका र गाउँपालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको एमाले रुपन्देही उपसचिव सिद्धिचरण भट्टराईले बताए ।

Published : Sunday, 2021 August 15, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया