पाल्पामा छोराको मृत्यु भएपछि बुबा बन्दुकसहित पक्राउ

तानसेन । पाल्ला जिल्लामा प्रहरीले स्याल मार्न बन्दुक हान्ने क्रममा छोराको मृत्यु भएपछि ५६ वर्षीय कर्णबहादुर लम्तरीलाई पक्राउ गरेको छ ।

शुक्रबार बेलुका रिब्दीकोट गाउँपालिका–६ तल्लो ताल बस्ने वर्ष ३५ को धनबहादुर लम्तरीलाई बन्दुकले लाग्दा घाइते भएका थिए ।

टाउकोमा चोट लागेका धनबहादुर लम्तरीको घटनास्थलमा मृत्यु भएको पाल्पा प्रहरीका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

मकै बारीमा भरुवा बन्दुकले जंगली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुर लम्तरीको टाउकोमा लागेर धनबहादुरको मृत्यु भएको थियो ।

Published : Sunday, 2021 August 15, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया