यस्तो छ कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिबेशनको कार्यतालिका परिमार्जनसहित केही पर सारिएको छ ।

कांग्रेसको माधिवेशन २०७८ मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिएका छन् ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको लागि देशभरका सबै वडाको अधिवेशन भदौ १८ गते गर्ने निर्णय गरेको छ ।

देशभरका सबै गाउँपालिका, नगरपालिका उप–महानगरपालिका र महानगरपालिकाको अधिबेशन भदौ २७ गते गर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिबेशन असोज १ गते, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिबेशन असोज ५ गते र सबै ७७ वटै जिल्लाको अधिबेशन असोज १० गते हुनेछ ।

बैठकले सात वटा प्रदेशको अधिबेशन दशैंपछि अर्थात कात्तिक १०, ११ र १२ गते गर्नेछ ।

नेपालको संविधान र दल दर्तासम्बन्धि ऐन २०७३ बमोजिम कांग्रेसको १४औं महाधिवेशन २०७९ जेठ ३० गतेसम्म सम्पन्न गर्दा संविधान र कानून प्रतिकुल हुने छैन ।

Published : Saturday, 2021 August 14, 8:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया