काठमाडौंमा प्रेमकुमारीको दिनदशा बिग्रियो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जले बैंकिङ कसुर मुद्दाकी फरार ४८ वर्षीया प्रेमकुमारी खड्गीलाई शुक्रबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ बस्ने खड्गीलाई पक्राउ गरिएको ब्युरोका प्रमुख (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिए ।

खड्गीलाई उच्च अदालत पाटनको २०७६ जेठ २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र २० लाख रुपियाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेकी खड्गीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सोह्रखुटेबाट पक्राउ गरेको थियो ।

खड्गीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी एनएमबि बैकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला ठहर गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ ।

Published : Friday, 2021 August 13, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया