राजेन्द्र महतोलाई जसपाबाट निकाल्ने तयारी, सोनलको अर्कै धन्दा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)भित्रको विवादले रुक्ने नाम लिएको छैन । उपेन्द्र यादवले जसपाको आधिकारिता पाएसँग महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ ।

अध्यक्ष पद गुमेपछि तनावमा परेका ठाकुर जिल्ला दौडाहमा छन् । सत्तामा रहँदासम्म र पद हुँदासम्म कार्यकर्तालाई भेट्न नचाहेका ठाकुरले राजेन्द्र महतोलाई लिएर तराईका जिल्लाहरूमा भेला गर्दै हिँडेका छन् ।

उप–प्रधानमन्त्री र मन्त्री बन्ने राजेन्द्र महतोको महत्वकांक्षाले ठाकुरको अध्यक्ष पद गएको हो । सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा जसपाभित्र मच्चिएको विवादले पार्टी विभाजनको अवस्थामा छ । ठाकुर समूहसँग पार्टी विभाजन गर्नका लागि बहुमत छैन । बहुमत नपभएपछि ठाकुर समूह सांसद पद बचाउन जिल्लामा कार्यकर्ता भेला गरेर हिँडेको छ ।

अध्यक्ष यादवले ठाकुरलाई जसपामा सम्मानित पद दिएर राख्न चाहेका छन् । तर, महतोको छुद्र राजनीतिक व्यवहारले यादवलाई तनाब दिएको छ ।

महतोकै कारण जसपा फुटको संघारमा पुगेको यादवको बुझाइ छ । यादवले महतोलाई कुनै पनि हालतमा पार्टीमा राख्ने पक्षमा छैनन् । महतोले अर्को पार्टी खोलेर बस्नुभन्दा अर्को बिकल्प छैन ।

पार्टीको नीति र हित विपरित महतोले ठाकुरलाई उचालेर तराईका जिल्लामा अध्यक्ष यादवविरुद्ध हर्कत गर्दै आएका छन् । अध्यक्ष यादवले महतोका सानोभन्दा सानो गल्तीको प्रमाण भेट्नेवित्तिकै पार्टीबाट कारबाही गरेर निकाल्ने तयारीमा रहेको स्रोतको भनाइ छ ।

उता, प्रदेश २ मा तत्कालीन समयमा भौतिक मन्त्री बनेका जितेन्द्र सोनल फसेको कमिशनको पैसा उठाउन सक्रिय भएको आरोप छ ।

ठाकुर निकटका नेता सोनलले मन्त्री हुँदा आफू निकटका ठेकेदार र नेताहरूलाई बजेट दिएका थिए ।

बजेटमा दशदेखि २० प्रतिशतसम्म कमिशन सोनलले मागेको आरोप छ । भ्रष्टाचार गरेको भन्दै सोनलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरू परेका छन् ।

सोनलले आफ्ना सहयोगीहरूलाई पठाएर कमिशनको पैसा उठान दवाव दिने गरेको चर्चा जसपाभित्र छ ।

सोनल जसपाभित्र विवादित नेताका रुपमा चिनिन्छन् । सोनललाई ठाकुरले काखी च्यापेका कारण अरु नेताहरू संकटमा छन् ।

Published : Friday, 2021 August 13, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया