कांग्रेस समाप्त पार्न खोज्ने गिरोहको बस्नेतले भण्डाफोर गरेपछि क–कसको ओठमुख सुक्यो ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेता रामचन्द्र पौडेलबाट पार्टीबाट क्रियाशीलसहितका विभिन्न विवादहरू निकालेर समस्या उत्पन्न गरेको आरोप लगाएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बिहीबार बुढानिकलण्ठमा बसेको बैठकमा बोल्ने क्रममा नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा समेत पौडेल समूहले क्रियाशील सदस्यता विवादमा बखेडा निकालेर हैरान बनाएको बताए ।

सिन्धुपाल्चोक जिल्लामा पौडेल समूहले क्रियाशील सदस्यताका लागि मापदण्ड पुगेका कार्यकर्तालाई रोक्न अनेक प्रयास र हर्कतहरू गरिरहेको छ । पौडेल समूहका कारण सिन्धुपाल्चोक जिल्लामा सयौँ युवाहरू कांग्रेस बन्नबाट बञ्चित हुने अवस्था छ ।

पौडेल समूहले सहमतिमा विभिन्न दलबाट कांग्रेसमा समायोजन भइसकेका विषयलाई पनि पुनः विवाद झिकेर असहयोग गरिरहेको आरोप छ ।

गोविन्दराज जोशीलाई तह लाउन पुष्कर ओझालाई नेता पौडेलले शहीद बनाएको भन्दै यस्ता गतिविधिले पार्टीलाई फाइदा नगर्ने बताए ।

गोविन्दराज जोशीलाई कांग्रेसबाट कारबाही गरेर निकाल्नका लागि पौडेलले सबै प्रकारको हर्कत गरेका छन् । पौडेलको यो हर्कतले तनहुँमा कांग्रेस झन् कमजोर हुनेछ ।

पुष्कर ओझाले कैलाली जिल्लामा प्रतिनिधि सभा निर्वाचनमा अन्तरघात गरेका थिए । ओझाले आरजु राणालाई हराउन ठूलो हर्कत गरेका थिए ।

Published : Friday, 2021 August 13, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया