यी हुन् ओली र एमालेलाई समाप्त पार्ने माधवभन्दा तगडा भीआईपी मान्छे

काठमाडौं । एमालेभित्रको आन्तरिक घरझगडाले केन्द्र सरकारसहित दुई वटा प्रदेशको सरकार गुमाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा सत्तासाझेदारबाट एमाले विपक्षी दल हुन पुगेको छ । एमालेको भागमा अब बागमती र प्रदेश नं. १ मात्रै छ । ती दुई प्रदेशका सरकार पनि संकटको अवस्थामा छन् ।

तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले समयमा पार्टीभित्रको विवाद समाधान गरेको भए यति धेरै झड्का लाग्ने थिएन । ओलीको अहंकारले एमाले समाप्त हुने अवस्थामा छ ।

ओलीले मंगलबार प्रतिनिधि सभाको बैठकमा एमाले फेरि बहुमतका साथ आउँछ भनेर दिएको अभिव्यक्तिलाई विश्वास गर्ने आधारहरू छैनन् । एमाले बन्नका लागि ओलीले अध्यक्ष पद त्याग्नुपर्छ । होइन भने एमाले र ओलीको पतन अवश्य हुनेछ । ओलीको पुच्छरहरूको पनि अन्त्य हुनेछ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि पार्टीभित्रको विवाद समाधान गर्न लचकता देखाउनुपर्ने थियो । ओली र नेपाल दुबै समूहको अडानले एमालेले क्षति व्यहोरेको छ ।

तत्कालीन नेकपा विभाजन भएको छ । एमाले पार्टी नै फुटको संघारमा छ । नेताहरूका बीच बोलचालनै छैन ।

एमालेले बुधबार लुम्बिनी प्रदेश सरकार गुमाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेललाई ओलीका विश्वास पात्र र प्रमुख सल्लाहकारका रुपमा एमालेभित्र लिने गरिएको थियो ।

पोखरेलको गलत सल्लाहरले ओलीको प्रधानमन्त्री पद फुत्किएको छ । पोखरेल आफूले पनि मुख्यमन्त्री पद गुमाएका छन् । पोखरेलकै कारण एमाले तहस नहसको अवस्थामा पुगेको छ ।

यसअघि, गण्डकी प्रदेश सरकार पनि एमालेले गुमाइसकेको छ । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पदबाट राजीनामा दिनु परेको थियो ।

पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रधानमन्त्री ओली समेत सरकार गुमाउनु परेको थियो । ओली पार्टी अध्यक्ष समेत रहेकाले एमालेको विवाद समाधान गर्न दायित्व पनि उनकै हो । ओलीले पार्टीभित्रको विवाद मिलाउने सम्भावना निकै कम छ । ओलीकै कारण एमालेको झन् नाजुक अवस्था रहनेछ ।

Published : Wednesday, 2021 August 11, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया