मुख सम्हाल्न नसकेर कांग्रेस नेतृत्वको सरकारसँग जोरी खोज्ने ओलीका यी भक्तको पनि पद फुत्कियो

काठमाडौं । सरकारी पदमा राजनीतिक नियुक्ति खाएर देशभरि उत्पात मच्चाएका एमालेका कार्यकर्ता गुरुप्रसाद भट्टराईको महाप्रबन्धक पद फत्किएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले भट्टराईलाई नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धकमा नियुक्त गरेका थिए । ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि भट्टराई पद ओगटेर बसेका थिए ।

सरकारी पदमा बसेर ओली र सरकारका विरोधीहरूलाई सामाजिक सञ्जालबाट जथाभावी गालीगलौज गरेर उत्पात मच्चाएपछि भट्टराईसँग नेपाली कांग्रेस नेतृत्वको सरकारले स्पष्टीकरण सोधेको थियो ।

भट्टराईले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् ।

एमालेका कार्यकर्ता भट्टराईलाई एमालेभित्रै पनि धेरैले रुचाउँदैनन् । ओली जस्तै रुखो र विरोधीहरूलाई आलोचना गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने हर्कतले भट्टराईको चर्चा हुने गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएकै दिन भट्टराईले पनि पदबाट राजीनामा दिएका छन् ।

ओलीले मंगलबार संसदमा विपक्षी दलका शीर्ष नेताहरूको आलोचना गरेको २४ घण्टाभित्र ओलीका सबैभन्दा ठूलो भक्त पोखरेल र भट्टराईको पद फुत्किएको छ ।

Published : Wednesday, 2021 August 11, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया