देउवाद्वारा मीनेन्द्र, गगन र शेखरसँग परामर्श, पार्टीभित्र सहमति खोज्न शुरु

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.मीनेन्द्र रिजाल, गगन थापा र शेखर कोइरालासँग परामर्श गरेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक सरह पार्टीको १४औँ महाधिवेशन र अन्य विविध विषयमा डा.रिजाल, थापा र कोइरालासँग छलफल गरेका हुन् । कांग्रेस नेता डा.मीनेन्द्र रिजालले पार्टी सभापतिसँग दैनिक सरह भेट हुने गरेको बताए ।

‘सरकारको न्यूनतम साझा कार्यक्रम बनाउँदा दैनिक रुपमा प्रधानमन्त्रीसँग सम्पर्कमा थिएँ । मेरो पार्टीको सभापतिसँग दैनिक सरह भेट हुन्छ’, उनले भने, ‘महाधिवेशन आएको छ । क्रियाशील सदस्यतादेखि महाधिवेशनको तयारीका विषयमा दैनिक सरहर परामर्श हुँदै आएको छ ।’

कांग्रेसको १४औँ महाधिवेशन भदौको १६ देखि १९ गते गर्ने कार्यक्रम छ । नेता रामचन्द्र पौडेल समूह महाधिवेशन तोकिएको समयमा गर्न दवाव दिँदै आएको छ ।

Published : Wednesday, 2021 August 11, 10:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया