ओली समर्थक न्यौपानेको हातबाट फुत्कियो गृह मन्त्रालय, पाण्डेले पाए जिम्मेवारी

काठमाडौं । सरकारले गृहसचिव महेश्वर न्यौपानेलाई हटाएर टेकनारायण पाण्डेलाई गृह सचिव बनाएको छ ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई समर्थक गृहसचिव न्यौपानेलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेको छ ।

सरकारले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्माको बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सरुवा गरेको छ ।

कृष्णहरि पुस्कर कर्णलाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको सरकारले जनाएको छ ।

Published : Monday, 2021 August 9, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया