सुकुम्बासी आन्दोलनमा सुनको मोटो सिक्रीसहित आइन् एमालेकी शान्ता चौधरी, सिक्री लउकाउन हैरान

काठमाडौं । झण्डै आधाकिलो सुनको सिक्री लगाएर सुकम्बासीको आन्दोलनमा युवा संघका कार्यकर्ता सहभागी भएको प्रकरण सेलाउन नपाउँदै एमालेकी नेतृ एवम् प्रतिनिधि सभाकी सचेतक शान्ता चौधरी पनि सुनको मोटो सिक्री लगाएर सुकुम्बासीको आन्दोलनमा सहभागी भएकी छिन् ।

एमालेले आइतबार काठमाडौंको कोटेश्वरमा आयोजना गरेको प्रदर्शनमा नेतृ चौधरी सुनको मोटो सिक्री लगाएर सहभागी भएकी हुन् ।

उनले सुनको सिक्रीलाई घाँटीमा लगाएकी थिइन् । तर, सिक्रीलाई नेतृ चौधरीले कपडाभित्र राखेर लुकाउने प्रयास गर्दा पनि देखिएको थियो ।

कमलरीको आन्दोलनमार्फत दुई पटक एमालेको समानुपातिक सांसद बनेकी नेतृ चौधरीले आदर्शका ठूला गफ दिँदै आएकी छिन् ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमालेका कार्यकर्ताहरू पाल्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर भर्ती गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेको भर्ती केन्द्र बनाइएको आयोग खारेज गरिदिएका थिए ।

आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासीका नाममा राज्यको ढुकुटीबाट २३ करोड रुपियाँ भ्याएका थिए ।

Published : Sunday, 2021 August 8, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया