धादिङको गुण्डा ग्याङ काठमाडौंमा सक्रिय, तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट पेस्तोल र पाँच राउण्ड गोलीसहित धादिङ घर भएका तीन जना युवालाई पक्राउ गरेको छ ।

बुधबार साँझ गोंगबुस्थित बिजी मलको नजिकबाट २४ वर्षीय विविन मगर, २५ वर्षीय मन्दीप थापा र १९ वर्षीय सुजन मगर रहेको प्रहरीले जनाएको छ ।

हतियारसहित उनीहरू बिजीमलको पछाडि वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेन्टमा लुकिछिपी बसिरहेका थिए ।

झोला जाँच गर्ने क्रममा उनीहरूको साथबाट पेस्तोल, पाँच राउन्ड गोली र दुई थान खुकुरी फेला परेको थियो ।

Published : Wednesday, 2021 August 4, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया