पाल्पामा तीन जना पक्राउ, १७ वर्षीय किशोरले ४५ वर्षीया महिला सिध्याए

तानेसन । पाल्पामा प्रहरीले नारायण बगाले र नारन सुनारलाई पक्राउ गरेर जिल्ला अदालत पाल्पामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोषकुमार भट्टराईले विभिन्न कसुरमा सजाय पाएर फरार रहेका बगाले र सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२ का २८ वर्षीय नारायण बगाले रहेका छन् । बगालेलाई सवारी ज्यान मुद्धामा अदालतले १ महिना ६ दिन कैद सजायको फैसला सुनाएको छ ।

पक्राउ परेका १९ वर्षीय नारन सुनार रामपुर नगरपालिका– १० निवासी हुन् । उनलाई गोरु मारेको अभियोगमा जिल्ला अदालतले ३ महिना ७ दिन कैद सुनाएको छ ।

यसैबीच, पाल्पा प्रहरीले ४५ वर्षीया महिलालाई घरमा सुतिरहेका बेला जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । रिब्दी गाउँपालिकाकी महिलालाई किशोरले करणी गरेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2021 August 4, 9:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया