तुलसीपुरबाट सजाय पाएका श्रेष्ठ काठमाडौंमा पक्राउ

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका–१ ठेगाना भएका ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगञ्जको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख जरिवाना र २३ लाख ५० हजार रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर काडाँघारीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ । श्रेष्ठलाई अदालतले सात दिन कैद र २३ लाख ५० हजार जरिवाना गरेको थियो ।

Published : Monday, 2021 August 2, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया