सरकारले राम्रो काम गरेपछि मुर्छा पर्ने अवस्थामा पुगे ओली, यसरी बरबराउन थाले एमालेहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको पक्षमा राम्रा कामहरू गर्न थालेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाव हुन थालेको छ ।

ओलीले देउवा सरकारविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारबाट काम गर्न नसकेपछि ओलीलाई आफ्नै दलका सांसदहरूले अपदस्थ गरेर हटाएका थिए ।

प्रधानमन्त्री पद फुत्किएको पीडा ओलीले पोख्न थालेका छन् । काठमाडौंमा आइतबार आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रधानमन्त्री पद फुत्किएको पीडा र आफूले भन्दा राम्रो काम गरेकोमा देउवा सरकारविरुद्ध आगो ओकलेका हुन् ।

ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको आरोप लगाएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको बताए ।

‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण शुरु भैसक्यो’, ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

ओलीले देउवा नेतृत्वको प्रतिगामी सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको बताएका छन् ।

‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरूले गर्दा प्रतिगामीहरूको सरकार बन्ने यो स्थिति आएको हो’, ओलीले भनेका छन् । भारतीय गुप्तचर संस्थाका प्रमुखसँग बालुवाटारमा मध्यराति भेट गरेर संविधान र लोकतन्त्र विरोधी हर्कत गरेका ओलीले देउवा सरकारलाई प्रतिगामी भनेका छन् ।

केही स्वार्थी लोभिपापीहरूका कारण नेकपा फुटाइएको बताएका छन् । ओलीले अनुशासनहीन र अराजकहरूले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाएका छन् ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ । आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरू भएका छन् ।’ ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि आगो ओकलेका थिए ।

Published : Sunday, 2021 August 1, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया