यी हुन् पाल्पामा उत्पात काण्ड गर्नेहरू, प्रहरीद्वारा पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले विभिन्न अभियोगमा सजाय पाएर फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

खगनाथ न्यौपाने, कृष्णप्रसाद पाठक र वीरबहादुर पुलामीलाई पक्राउ गरेर जिल्ला अदालत पाल्पामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका ५० वर्षीय खगनाथ न्यौपाने रामपुर नगरपालिका–३ निवासी हुन् । उनलाई बैकिङ कसुरमा ७ लाख ३० हजार जरिवाना तोकिएको छ ।

४९ वर्षीय कृष्णप्रसाद पाठक रम्भाव गाउँपालिका–९ निवासी हुन् । उनलाई बहुविवाहको अभियोगमा १ वर्ष ३ महिना कैद सजाय पाएका छन् ।

६० वर्षीय वीरबहादुर पुलामी निस्दी गाउँपालिका– १ निवासी हुन् । उनीविरुद्ध जवरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय फैसला भएको छ ।

Published : Sunday, 2021 August 1, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया