राजेन्द्र महतोलाई महेश बस्नेतले पनि बचाउन सकेनन्, उपेन्द्र बने सर्वसम्मत नेता

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपेन्द्र यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले पार्टी अध्यक्ष यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा अध्यक्ष यादव दलको नेता चयन भएका हुन् ।

प्रतिनिधि सभाका वरिष्ठ सांसद महिन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकमा २१ जना सांसदहरूको उपस्थिति रहेको थियो ।

बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतोसहितका सीमित सांसदहरू अनुपस्थित थिए । उपेन्द्र यादव संसदीय दलको नेता बनेसँगै यसअघि संसदीय दलको नेता हुँ भनेर हर्कत गर्दै आएका राजेन्द्र महतोलाई तनाब भएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको तत्कालीन कम्युनिस्ट सरकारमा सहभागी हुन भक्तपुरको डोलेश्वर रिसोर्टमा एमाले नेता महेश बस्नेतलाई राखेर राजेन्द्र महतोले संसदीय दलको नेता बने भनेका थिए ।

निर्वाचन आयोगले उपेन्द्र यादवलाई पार्टीको मान्यता दिएपछि ठाकुर–महतोको बिचल्ली भएको छ । उनीहरूको सांसद पद समेत धरापमा छ ।

खड्गप्रसाद ओली र महेश बस्नेतलाई प्रयोग गरेर जसपा पार्टी तथा संसदीय दलको नेता बचाउने अनेक प्रयासहरू ठाकुर–महतोका लागि निरर्थक भएका छन् ।

Published : Saturday, 2021 July 31, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया