‘नेपाल सहकारी बैंक’प्रति देउवा सकारात्मक, कांग्रेसको सहकारी विभागले दियो शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।

विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई शुभकामना तथा बधाइ दिइएको सचिव सुरेन्द्र भण्डारीले जानकारी दिए । विभागको तर्फबाट देउवालाई शुभकामनासम्बन्धी पत्र समेत प्रदान गरिएको थियो ।

प्रधानमन्त्री देउवालाई विभागको तर्फबाट हालसम्म भए गरेका कामकाबारहीको संक्षित जानकारीसहित कार्यप्रगति जानकारी दिएको विभागका सचिव भण्डारीले जानकारी दिए ।

‘विभागका प्रमुख आनन्दाप्रसाद ढुंगानासहितका पदाधिकारी र सदस्यहरूले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना र बधाइ दिएका छौँ’, उनले भने, ‘विभागको कार्यप्रगतिका बारेमा पनि संक्षित जानकारी गराएका छौँ ।’

प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने विषयको पनि जानकारी गराएको सचिव भण्डारीले बताए । नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताएका छन् ।

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको सचिव भण्डारीले बताए ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहित १४ जनाको टिम बालुवाटार गएको थयो ।

Published : Saturday, 2021 July 31, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया