ठमेलमा बसेर नेपाली सिध्याउने काम गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलमा अबैध मदिरा उत्पादन गरेर विक्री गर्ने चिनियाँ नागरिक ५६ वर्षीय शि झिउइलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले चिनियाँ नागरिकलाई साउन १० गते पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । ठमेलमा बसेर चिनियाँ नागरिकहरूले अवैधानिक गतिविधिहरू गरेको आरोप लागेका बेला प्रहरीलाई ठूलो सफलता मिलेको छ ।

नेपालमा छिरेर चिनियाँ नागरिकहरूले अपराधहरू गर्दै आएका छन् । एक वर्ष अगाडि चिनियाँ नागरिकले सिंहदरबारको पश्चिम गेट अगाडि उत्पात मच्चाएर प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

नेपाललाई सहयोग गर्नेभन्दा पनि नेपालीलाई लुट्न बसेका चिनियाँ नागरिकका हर्कतलाई कडाइका साथ नियन्त्रण माग उठेका छन् ।

ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिएर चिनियाँ नागरिकले होम स्विट स्मेल होटेल एण्ड रेष्टुरेन्ट प्रालि दर्ता गरि अवैध रुपमा मदिरा उत्पान गरेको गोप्य सूचानाका आधारमा छापामारेको थियो ।

चिनियाँ नागरिकसँग प्रहरीले अवैध रुपमा मदिरा उत्पादन गर्ने मेसिन र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ तथा विक्रीका लागि तयार पारिएको मदिरा समेत बरादम गरेको छ ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकलाई कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय महाराजगञ्जमा बुझउने जनाएको छ ।

चिनियाँ नागरिकसँग चार वटा स्टिल मेसिन, मदिरा जम्मा गर्ने ट्यांकी, मदिरा तौल गर्ने मेसिन, रातो हरियो रङको ८० लिटर को प्लाष्टिकको ड्रम अवैध मदिरा उत्पान हुने कच्चा पदार्थ ड्रम ११३ थान बरामद गरेको छ ।

Published : Friday, 2021 July 30, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया