देउवा सफल हुँदा मात्रै कांग्रेस बलियो हुन्छ, को हुन् केन्द्रीय सदस्य शाह ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अभिषेकप्रताप शाह कपिलवस्तु जिल्लामा निकै लोकप्रिय छन् । कपिलवस्तु जिल्लाबाट पटक–पटक प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका शाह नेता कार्यकर्ताका लागि हदैसम्मको सहयोग गर्न तयार रहन्छन् । उनले नेता कार्यकर्तालाई आवश्यक पर्ने सबै प्रकारका सहयोग पनि गर्दै आएका छन् ।

कार्यकर्ताहरूलाई प्रशासनमा होस् वा अन्य सामाजिक कार्यमा समस्या पर्दा शाह अग्रपंक्तिमा रहेर सहयोग गर्छन् । कोरोना महामारीका बेला समेत शाहले आफ्नो क्षेत्रका जनताको सेवामा समर्पित भएका थिए । शाह विशेष गरेर युवा तरुणहरूका बीच लोकप्रिय छन् ।

नेता शाहले कहिल्यै पनि पदका लागि आफूलाई अग्रसर गराएनन् । तर, पार्टीले विश्वास गरेर जिम्मेवारी दियो भने पछाडि हट्ने पक्षमा उनी छैनन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल बनाउनुपर्छ भन्ने अभियानमा नेता शाह छन् । उनले पार्टी सभापति संस्था रहेकाले देउवालाई सफल बनाएपछि मात्रै कांग्रेसको भविष्य बन्ने बताउने गरेका छन् ।

नेता शाह कम्युनिस्टप्रति निकै कठोर र अनुदार छन् । उनी देशमा आर्थिक क्रान्ति गर्ने पक्षमा छन् । त्यसका लागि युवाहरूलाई नै अगाडि सार्नुपर्ने उनको भनाइ छ ।

सम्पन्न परिवारमा बाल्यकाल हुर्किए पनि कांग्रेसका युवा नेता शाहमा घमण्डले कहिल्यै बास लिएन् । नेता कार्यकर्तासँग कहिले आक्कलझुक्कल रिसाइहाल्दा पनि तत्काल मायाँ गर्ने उनको बानी छ । शाहलाई नजिकबाट चिनेकारूले एकपटक संगत गरेपछि दीर्घकालसम्म साथ नै रहन्छन् । आफ्नो क्षेत्रको विकासमा सधै उनले महत्व दिन्छन् ।

सन् २०१७ को निर्वाचनमा देशभरि नेपाली कांग्रेस कम्युनिस्टहरूको कथित वाम गठबन्धनको दब्दबा रहेका बेला युवा नेता शाहले २० हजार १ भोट ल्याएर प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए ।

सन १९८२ अक्टोबर १ मा जन्मिएका शाह नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य छन् । भारतको लखनउबाट डिग्री गरेका शाह सामाजिक सञ्जालमा सक्रिय छन् ।

Published : Friday, 2021 July 30, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया