यसरी बन्यो कम्युनिस्ट मुख्यमन्त्री पोखरेललाई गलहत्याउने योजना, पानीमुनि गएपनि फालेरै छाड्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता पाएसँग लुम्बिनी प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको सातोपुत्लो उडेको छ ।

बजेट पास गराउन नसकेपछि अध्यादेशबाट बजेट ल्याएर लुम्बिनी प्रदेश सभाबाट बेपत्ता भएका पोखरेलको मुख्यमन्त्री पद फुत्किने पक्का सरह छ । जसपाले आफ्ना तीन जना प्रदेश सांसदलाई कारबाही गरेर हटाउने निर्णय गरेपछि पोखरेल तनाबमा परेका हुन् । पोखरेललाई मुख्यमन्त्री पद फापेको छैन ।

अल्पमतमा हुँदा समेत पोखरेलले मुख्यमन्त्री पद छाड्न चाहेका छैनन् । पोखरेललाई मुख्यमन्त्री पद कति मन परेको हो भन्ने कुरा मुख्यमन्त्री पद बचाउन गरेका हर्कत र कीर्ते काण्डले प्रष्ट पारेको छ ।

पोखरेलमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा जति पनि नैतिकता देखिएको छैन भनेर टिप्पणी भइरहेका छन् । जति नै बद्नामी भएपनि मुख्यमन्त्री पद छाड्ने पक्षमा पोखरेल छैनन् ।

दाङमा माओवादीको जोडबलले बल्ल बल्ल प्रदेश सभामा जितेका पोखरेल अलोप्रिय नै छन् । अब आउने निर्वाचनमा पोखरेलको लज्जास्पद हार हुने पक्का जस्तै रहेको चर्चा दाङमा हुन थालेको छ । प्रदेश सभा निर्वाचनमा पनि पोखरेलले आफ्नो घर रहेको क्षेत्रबाट उम्मेदवारी नदिएर पराजित हुने डरले अर्को क्षेत्रबाट निर्वाचनमा उम्मेदवार बनेका थिए ।

पोखरेललाई हटाएर लुम्बिनी प्रदेशमा माओवादीले कमाण्ड सम्हाल्नेछ । विपक्षी गठबन्धनले मुख्यमन्त्री माओवादीका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिसकेका छन् । पोखरेललाई हटाएर लुम्बिनीमा नयाँ सरकार बनाउन गृहकार्य गर्न केसी र प्रदेश सभामुख पूर्ण घर्ती काठमाडौं आएका छन् ।

शनिबार काठमाडौं आएका केसी र घर्तीले पोखरेललाई जसरी पनि हटाएर नयाँ सरकार बनाउने पक्षमा लबिङ गरेका हुन् ।

लुम्बिनीमा विपक्षी गठबन्धनबाट केसीलाई माओवादीका १८ जना, कांग्रेसका १९ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जनाले समर्थन गरेका छन् । केसीको पक्षमा प्रदेश सभाका ४१ जना सांसदले समर्थन गरेका छन् ।

कम्युनिस्ट मुख्यमन्त्री पोखरेलको पक्षमा जम्मा ३८ जनाको समर्थन छ । जसपाका ३ सांसद कारबाहीमा परिसकेकाले पोखरेलको पक्षमा ३८ मात्र सांसद छन् ।

३८ जनामध्ये २ जना एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद छन् । पोखरेलले विश्वासको मत लिए भनेर पक्षमा ३६ जना मात्रै हुनेछन् । नेपाल समूहका दुई सांसदले पोखरेललाई मतदान नगर्ने सम्भावना पनि छ ।

Published : Thursday, 2021 July 29, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया