सीआईबीद्वारा काठमाडौंबाट राम खड्कालाई पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका पटके फरार प्रतिवादी काठमाडौंको मनोहरा नगरपालिका–२ ठेगाना भएका ४६ वर्षीय राम खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितहरूलाई झुक्यानमा पारी एनआईसी एसिया बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय र जरिवाना भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Published : Thursday, 2021 July 29, 6:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया