काठमाडौंमा ब्यूरोद्वारा जिउँदै कछुवासहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंमा जीवित कछुवासहित तीन जनालाई पक्राउ गरेको छ ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका–२ बस्ने २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय बिक्रम सुनार र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–६ बस्ने ३५ वर्षीय भुवन राई रहेका छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा जीवित कछुवा थान–१ सहित मंगलबार पक्राउ गरिएको सिंहले बताए ।

पक्राउ भएका तीन जनालाई ब्यूरोले आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौंमा बुझाएको छ ।

Published : Wednesday, 2021 July 28, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया