चिरिबाबुले आफ्नै सभापतिलाई यसरी अपमान गरे, कम्युनिस्टसँग हिमचिम, कांग्रेसमा दिनगन्ती शुरु

पुल्चोक । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसका नेताहरूको फोन उठाउन छाडेका छन् ।

महर्जनले फोन त उठाउँदैनन् नै । उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई समेत भेट्न रुचाउँदैनन् । मेयर महर्जनका कारण ललितपुरमा कांग्रेसका नेता कार्यकर्ताहरू निराश छन् । विगतमा यू.एन.को जागिर छाडेर कांग्रेसको राजनीति गरेका महर्जनले ललितपुरमा कांग्रेस बिगार्ने हर्कत गरेपछि कांग्रेसका कार्यकर्ताहरू दिक्क बनेका छन् ।

महर्जनसँग ललितपुर कांग्रेसले ठूलो अपेक्षा राखेको थियो । कांग्रेस सभापति देउवासहितका नेता नेताहरू पनि महर्जनसँग धेरै अपेक्षा राखेका थिए । कांग्रेसकै नेता कार्यकर्तालाई चिढ्याउने गरेर काम गरेपछि महर्जनका दिनगन्ती शुरु भएको चर्चा बालुवाटारमा हुन थालेको छ ।

महर्जन कांग्रेसको तर्फबाट टिकट पाएर मेयरमा निर्वाचित भएका हुन् । कांग्रेसकै कार्यकर्ताको मत पाएर निर्वाचित भए पनि महर्जनले पछिल्लो समयमा देखाएको हर्कतले ललितपुरमा कांग्रेस कमजोर बन्ने सम्भावना बढेर गएको भन्दै चिन्ता बढेको छ ।

कांग्रेसका नेता कार्यकर्ताहरूको सरसल्लाहमा काम गर्नेभन्दा पनि मेयर महर्जनले आफू खुसी मुडेबलमा काम गर्ने गरेको आरोप छ । मेयर महर्जनलाई कम्युनिस्टहरूले उचाल्ने गरेको आरोप पनि छ । पछिल्लो समय उनी कम्युनिस्टसँग नजिक भएको चर्चा पनि छ । मन्त्री बन्नेवित्तिकै माओवादी केन्द्रकी नेतृ एवम् उर्जामन्त्री पम्फा भुसाललाई दलबलसहित बधाइ दिन पुगेका थिए ।

प्रधानमन्त्री पदको शपथ लिनुभन्दा केही दिन अगाडि कांग्रेस सभापति शेरबहादुर देउवाले मेयर महर्जनलाई फोन गरेका थिए । तर, महर्जनले फोन उठाएनन् । बरु ललितपुर कांग्रेसका सभापतिको निवासमा पुगेर सभापति मदनबहादुर अमात्यसँग ‘मैले शेरबहादुर देउवाको फोन उठाइन’ भनेर बहादुरी सुनाएको चर्चा ललितपुर कांग्रेसभित्र छ ।

देउवाले प्रधानमन्त्री पदको शपथ लिएपछि बधाइ दिन हतार हतार पुगेका थिए । कांग्रेसका नेता कार्यकर्ताको काम नगरेर हैरान बनाएका मेयर महर्जनको उजुरी सभापति देउवा र पार्टी कार्यालय सानेपामा मौखिक रुपमा परेको छ ।

मेयर महर्जनको कोठाभित्र सीसी क्यामराको भिडियो हेर्न व्यस्था छ । मन परेन भने कांग्रेसका नेता कार्यकर्तालाई भेट्ने समय नै दिँदैनन् । मेयर महर्जनले सीसी टिभीको भिडियो हेर मज्जा लिएर बस्ने गरेको ललितपुर कांग्रेसमा चर्चा छ ।

हुन त मेयर महर्जनले ललिपुरको पुल्चोकस्थित महानगरपालिकाको अगाडि रहेको सरकारी जमीनको समय फल्चा जिर्णोद्धार गर्ने भनेर कानून विपरितको हर्कत गरिरहेका छन् । फल्चा रहेको जमीन सडक कार्यालयको मापदण्डभित्र पर्छ । सडकसहितका नियामक निकायले समय फल्चा नबनाउन आदेश दिएका छन् ।

तर, मेयर महर्जनले अटेर गरेर सडक दुर्घटना निम्त्याउने गरेर फाल्चा पुनःनिर्माणका लागि आफू निकटका व्यक्तिलाई काम दिएर सम्झौता नै गरेको चर्चा छ ।

(समाचारमा केही विषय अन्यथा पर्न गएपछि सामान्य सम्पादन गरिएको छ)

Published : Wednesday, 2021 July 28, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया