भक्तपुरबाटै बस्नेतले भत्काइदिए सिन्धुपाल्चोकको कम्युनिस्ट किल्ला, तनाबमा शेरबहादुर–अग्नि

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमाले, माओवादी केन्द्र, राप्रपाका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् ।

भक्तपुर जिल्लाको कौशलटारमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लाको लिसांखुपाखर गाउँपालिकाका कम्युनिस्ट र राप्रपाका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

कम्युनिस्टको हर्कतबाट दिक्क भएका नेता कार्यकर्ताहरूले एमाले, माओवादी र राप्रपा छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस लिसांखुपाखर गाउँपालिकाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता बस्नेतका साथै कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापासहितका सिन्धुपाल्चोकका नेताहरूको उपस्थिति रहेको थियो ।

नेता बस्नेतले नव प्रवेशीहरूलाई स्वागत गर्दै सबैलाई क्षमता र चाहना अनुरुपको पार्टीमा जिम्मेवारी दिइने बताएका छन् ।

पार्टीको नेतृत्वमा बसेर विधि र विधानअनुसार कांग्रेसलाई मजबुत बनाउन इमान्दारिताका साथ लाग्न नेता बस्नेतले आग्रह गरेका छन् । उनले पार्टीभित्रका स–साना मतभेदहरूलाई अन्त्य गरेर अगाडि बढ्नुपर्ने समेत बताएका छन् ।

केन्द्रीय सदस्य विष्णुविक्रम थापाले नव प्रवेशीहरूले उचित समयमा उचित निर्णय लिएर कांग्रेसमा प्रवेश गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले कम्युनिस्टहरू कथित वाम गठबन्धन हुँदै स्थानीय, प्रदेश र संघीय चुनाव जितेर गएपछि अराजकता, भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाए । उनले कांग्रेसप्रति कम्युनिस्टकै नेता कार्यकर्ताको आकर्षण बढेर गएको भन्दै कांग्रेसभित्र सबै अटाउने पार्टी भएको बताए ।

कम्युनिस्टहरूले कथित लाल किल्लाका रुपमा लिसांखुपाखर गाउँपालिकालाई लिने गर्छन् । लिसंखुपाखर गाउँपालिकाबाट कम्युनिस्टका नेता कार्यहरूले बिस्तारै पार्टी परित्याग गर्ने क्रम बढेको छ ।

एमालेले जितेको ५ वर्ष बित्नै लाग्द समेत देखिने गरेर कम्युनिस्टले विकास गरेका छैनन् । कम्युनिस्टहरू झुठको खेती गर्नहरूको झुण्ड हो भन्ने प्रमाण साढे तीन वर्षको समयमा दिएका छन् ।

झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टले सत्ता कांग्रेसको चरणमा ल्याएर बिसाएको चर्चा भइरहेका बेला सिन्धुपाल्चोकमा कांग्रेस नेता बस्नेतले कम्युनिस्टका नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याइरहेका छन् ।

लिसंखुपाखरकी वविता योञ्जन र आशिष योञ्जन स्थानीय लोकप्रिय नेताहरू हुन् । उनीहरूले कम्युनिस्टलाई जनताले गाउँबाट लखेट्ने समय आएको बताएका छन् ।

केही दिन अगाडि पनि कौशलटारमा आयोजित कार्यक्रममा एमाले, माओवादी, राप्रपासहितका दलका पाँच सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

सिन्धुपाल्चोक जिल्लाबाट एमालेका शेरबहादुर तामाङ र माओवादीका अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । उनीहरूले सिन्धुपाल्चोकमा सिन्को समेत भाँच्न सकेका छैनन् ।

Published : Tuesday, 2021 July 27, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया