कांग्रेस नेतृत्वको सरकारको बोल्ड निर्णयले ओलीलाई ठूलो तनाब, धेरैको सातोपुत्लो उड्यो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले तीन जना प्रदेश प्रमुखहरूलाई हटाएर नयाँ नियुक्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख र पृथ्वीमान गुरूङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेको स्रोतले जनाएको छ । गुरुङ र शेरचन चितवन जिल्लाको भरतपुर महानगरपालिकाका स्थायी बासिन्दा हुन् ।

गुरुङ कांग्रेसको तर्फबाट गण्डकी प्रदेशको प्रमुख बनेका छन् । शेरचन माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश प्रमुख बनेका हुन् । शेरचनलाई तत्कालीन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलो राजनीतिक पूर्वाग्रही भएर हटाइदिएका थिए ।

शेरचनलाई हटाएर ओलीले आफ्नै पार्टीको महिला संगठनकी अध्यक्ष सीता पौडेललाई प्रदेश प्रमुख बनाएका थिए । एमाले नेतृ पौडेल मुस्किलले तीन महिना प्रदेश प्रमुख बन्न सफल भइन् ।

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई हटाएर शेरचनलाई प्रमुखमा नियुक्त गरेको छ । यादव पनि एमालेका नेता हुन् ।

कांग्रेस नेतृत्वको सरकारको यो निर्णयले बालकोटमा बसेका ओलीलाई ठूलो तनाब ल्याइदिएको छ । धर्मनाथ साह र सीता पौडेललाई प्रयोग गरेर ओलीले लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार र गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ सरकार बचाएका थिए ।

गण्डकीमा पृथ्वीसुब्बा गुरुङले कांग्रेससहितका विपक्षी दलहरूसमक्ष घुँडा टेक्न बाध्य भएका थिए । उनले पदबाट राजीनामा दिनु बाध्य हुनुपरेको थियो ।

लुम्बिनी प्रदेशमा अल्पमतमा हुँदा पनि शंकर पोखरेल मुख्यमन्त्री पदमा अडिएर बसेका छन् । अब नयाँ प्रदेश प्रमुख आएसँगै लुम्बिनीका मुख्यमन्त्री पोखरेलको सातोपुत्लो उडेको चर्चा शुरु भएको छ ।

Published : Tuesday, 2021 July 27, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया