ओली आफू पनि समाप्त, पुच्छर बन्दा एमाले बाहिरका यी भीआईपी समेत ‘खरानी’

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुच्छर बन्दा महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिक बिल्लिबाठ भएको छ ।

व्यक्तिगत स्वार्थमा लागेर ओलीको पछि लाग्दा ठाकुर–महतो दल विहीन बनेका छन् । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ । बैठकमा ठाकुर–महतो सत्तापक्षको बेञ्चमा बस्छन् वा प्रतिपक्षको तनावपूर्ण अवस्था बनेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि ठाकुर–महतो समूह चकित परेको छ । ठाकुर–महतोलाई सबैभन्दा ठूलो झड्का लागेको छ ।

ठाकुर–महतोलाई उपेन्द्र यादवको पछाडि आएर बस्नुको विकल्प छैन । होइन भने उनीहरूले सांसद पद छाडेर अर्को राजनीतिक दल खोल्न सक्नेछन् ।

ओलीले आफ्नै पार्टी तत्कालीन नेकपालाई पनि फुटाए । नेकपा फुटाएर धेरै नेता कार्यकर्ताहरूको राजनीति समाप्त पारिदिए । ओलीले एमाले पार्टीलाई पनि टुक्राटुक्रा बनाएका छन् । एमाले पार्टी औपचारिक रुपमा विभाजन मात्रै हुन बाँकी छ ।

ओलीको पछाडि लाग्दा महन्थ ठाकुर र राजेन्द्र महतोको बिजोग भएको छ । अरु नेताहरूलाई उपेन्द्र यादगसँग मिलेर काम गर्न सजिलो छ ।

तर, ठाकुर र महतोलाई त्यति सजिलो छैन । उपेन्द्र यादवले ओलीको पछाडि लागेर पार्टी विभाजन गरेर ध्वस्त बनाएको भनेर ठाकुर–महतोलाई धेरै महत्व दिएका छैनन् । ठाकुरलाई साथ दिए पनि उपेन्द्रले राजेन्द्रलाई जसपामा बस्न नदिन सक्छन् ।

एमालेका नेता महेश बस्नेतलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेर संसदीय दलको नेता बनेका राजेन्द्र महतोले ओलीको उप–प्रधान र मन्त्री बन्न पार्टीलाई विभाजनको विजारोपण गरेका थिए ।

Published : Tuesday, 2021 July 27, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया