ओली–बस्नेत समर्थक एआईजी बोकेर बानियाँ मन्त्रीको घरमा, बालुवाटारसँग सेटिङ मिलाउन चलखेल

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको आशीर्वादमा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरेर मानव स्रोत तथा प्रशासन विभाग मागेका छन् ।

केही दिन अगाडि मन्त्री कार्कीलाई एआईजी थापाले भेटेर आफूलाई अन्याय नगर्न आग्रह गर्दै प्रहरीको प्रशासन विभाग माग गरेको उच्च स्रोतले जनाएको छ । एआईजीलाई बोकेर नेपाली कांग्रेस काठमाडौंको सभापति सबुजकृष्ण बानियाँले लगेर गएका थिए । सभापति बानियाँ र थापा नातेदार पर्छन् ।

एमाले समर्थक एआईजी थापालाई भावी आईजीपी बनाउन नातेदार भएकै कारण बानियाँले मन्त्री कार्कीलाई भेट गराउन लगेको आरोप छ ।

एमाले समर्थक एआईजी थापालाई कांग्रेसले धेरै महन्व नदिएर सुरक्षा परिषदमा सरुवा गरेर ओलीलाई औकात देखाइदिनुपर्ने कांग्रेसभित्र आवाज उठेको छ ।

एआईजी थापालाई अगाडि सारेर काठमाडौं कांग्रेसका सभापति बानियाँले विगतमा नवराज सिलवाल काण्ड भए जस्तै अर्को थापा काण्ड गराउन खोजेको भनेर आलोचना भएको छ ।

एआईजी थापाले आकर्षक विभाग पाउन र भावी आईजीपीका लागि अहिले कांग्रेसका नेताहरूको ढोका दैनिक सरह चार्न थालेका छन् । एआईजी थापाले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणासँग भेट गर्न खोजी रहेका छन् ।

आरजुसँग सेटिङ मिलाएर प्रशासन विभागको जिम्मेवारी लिनुका साथै भावी आईजीपी बन्ने बाटो बनाउन खोजेको आरोप छ ।

ओलीले प्रधानमन्त्री पद फुत्किनुभन्दा केही अगाडि थापालाई नायब प्रहरी महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा गरिदिएका थिए ।

थापालाई एआईजी बनाउन एमालेका नेता एवम् सांसद अपहरणको वात लागेका महेश बस्नेतको जोडबलमा ओलीसमक्ष जोडबल गरेको आरोप छ ।

ओलीको घर पनि भक्तपुर जिल्लाको बालकोटमा पर्छ । बस्नेतको घर पनि भक्तपुरमा हो । एआईजी थापाको घर पनि भक्तपुरमा पर्छ । त्यति मात्रै होइन गृहसचिव महेश्वर न्यौपानेको घर पनि भक्तपुर जिल्लामा पर्छ ।

एमाले समर्थक थापालाई एआईजी बनाउन ओली, बस्नेत र न्यौपानेको ठूलो मिलोमतो रहेको चर्चा छ । आउँदै गरेको निर्वाचनमा एमालेको पक्षमा माहोल बनाउन र बुथ कब्जा गर्ने रणनीतिका साथ ओली, बस्नेत र न्यौपानेले थापालाई डीआईजीबाट एआईजी बनाएका हुन् ।

Published : Monday, 2021 July 26, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया