ठमेलको ड्राइगंन डान्सवारबाट गेञ्जेको ग्याङ पक्राउ, जुवाको अखडामा छापा

काठमाडौं । काठमाडौंको ठमेलमामा जवा खेलाउने अड्डामा प्रहरीले छापा ममारेर जनालाई पक्राउ गरेको छ ।

ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका सञ्चालक काभ्रे धुलिखेल नगरपालिका–९ घर भएका ३३ वर्षीय गेञ्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

डान्सवार जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९० हजार ७ सय १५ रुपियाँ र ६ बुक ताससहित पक्राउ गरेको छ ।

उता, दाङको घोराही उप–महानगरपालिका–१४ जागृती टोल बस्ने सुरेन्द्रबहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्री लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ३ सय २५ रुपियाँ सहित पक्राउ गरेको छ ।

त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका–१७ हिमाली टोल बस्ने सोही महानगरपालिका–२६ बुढीबजार घर भएका ५३ वर्षीय जमबहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ३ सय ९० रुपियाँ र तास सहित पक्राउ गरेको जनाएको छ ।

Published : Sunday, 2021 July 25, 3:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया