यी नायिकाका पति पक्राउ परेपछि तनाब, बेइज्जत भयो

मुम्बई । बलिउड नायिका तथा फिटनेस फ्रिक शिल्पा शेट्टी आजकाल रियालिटी शो सुपर डान्सर–४ को निर्णायकमा छिन् । श्रीमान् राज कुन्द्रामाथि अश्लील फिल्म बनाएर एपमार्फत् सार्वजनिक गर्ने गरेको आरोप लागेपछि पक्राउ परेपछि शिल्पा शोको सुटिङका लागि पुगिनन् ।

शिल्पाको मंगलबारका लागि सुटिङ शेड्युल थियो । उनी शुटका लागि गइनन् किनभने सोमबार राति उनका श्रीमान् राजलाई मुम्बईको अपराध शाखाले पक्राउ ग¥यो । आफ्नी बहिनी शमिता र आमासँग जुहूस्थित बंगलामा छिन् । शिल्पाको कुरा गर्ने हो भने उनी शो सुपर डान्सरको विषयमा धेरैजसो चर्चामा रहन्छिन् ।

उनको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनी फिल्ममा फिर्ता हुँदैछिन् । उनी फिल्म हंगामा टुमा देखिनेछिन् । यो फिल्ममा परेश रावल र मिजान जाफरी पनि छन् । फिल्मको गीतसमेत रिलिज भइसकेको छ ।

उता, राज कुन्द्रालाई मुम्बईको एक अदालतले २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ । राज कुन्द्राबाहेक अर्का एक व्यक्ति रायन थार्पलाई आज मुम्बईको एक्स्प्लेनेड कोर्टमा पेश गरियो । रायन पनि राज कुन्द्रासँग हिरासतमा रहनेछन् ।

प्रहरीले कुन्द्रासँगै १२ जनाको गिरफ्तारी गरिसकेको छ । यसको विषयमा नायिका शिल्पा शेट्टीलाई पनि प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ । किनभने शिल्पा धेरैजसो व्यापारमा श्रीमान् राज कुन्द्राकी पार्टनर हुन् । मुम्बई प्रहरीको अपराध शाखाले उनलाई हाजिर हुनका लागि चाँडै नै नोटिस पठाउन सक्ने बताएको छ । एजेन्सी

Published : Thursday, 2021 July 22, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया