पाल्पामा काण्ड गरेपछि बच्चाको जन्म, अर्जुन पक्राउ

तानसेन । पाल्पा जिल्लामा ३४ वर्षीया महिलालाई बलात्कार गर्दा बच्चाको जन्मभएपछि अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

४४ वर्षीय अर्जुन बिकले तानसेन नगरपालिका निवासी अविवाहित महिलालाई बलात्कार गर्दा बच्चाको जन्म भएको थियो ।

बच्चा बिरामी भएपछि अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

पीडित महिलाले आफू बलात्कृत भएको उजुरी दिएपछि अर्जुन बिकलाई पक्राउ गरेर आवश्यक कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी भट्टराईले बताएका छन् । बलात्कार गर्ने अर्जुन बिक विवाहित पुरुष हुन् ।

Published : Tuesday, 2021 July 20, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया