काठमाडौंमा लाखौँ रकमसहित तास खेल्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले १८ जना जुवाडेलाई लाखौँ रकमसहित पक्राउ गरेको छ ।

भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएका ४३ वर्षीय राजकुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा सुन्धार बस्ने २७ वर्षीय मिलनबहादुर मगर लगायत १३ जना रहेका छन् । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३० हजार ६ सय रुपियाँ र ११ बुक तास सहित पक्राउ गरेको थियो ।

काठमाडौंको बालाजु चमती कल्याणनगरस्थित कमल बम मल्लको ग्यारेजमा तास खेलिरहेको अवस्थामा माधव महत लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

टहरोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ४ सय ४५ रुपियाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2021 July 18, 3:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया