महेश बस्नेतको ‘भात–मासु’को साइड इफेक्ट शुक्रबार यसरी देखियो, ठाकुर–महतो झण्डै रोए

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीको पुच्छर बन्दा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई ठूलो नोक्सानी भएको छ ।

ओलीका कारण ठाकुरलाई नोक्सानी हुने क्रम जारी छ । सरकारमा मुस्किलले तीन हप्ता बस्न पाएका ठाकुर चोट लागेको घाइत बाघ जस्तो बनेका छन् ।

ठाकुरलाई जसपाका नेता राजेन्द्र महतोले ओली ग्याङमा लगेर मिसाउँदा बचेखुचेको राजनीतिक इमान्दारिता पनि गुमेको आरोप छ ।

ठाकुरलाई फसाउने काम महतोले नै गरेका हुन् । उप–प्रधानमन्त्री र मन्त्री बन्न महतोमा पलाएको असीमित आकांक्षाले गर्दा ठाकुर बद्नाम भएका छन् ।

ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन् । ६ जना सांसद नै अनुपस्थित भएपछि ठाकुरलाई झन् ठूलो तनाब भएको छ । ६ जना सांसद नआएपछि ठाकुर–महतो रुने अवस्थामा पुगेका छन् । उनीहरूभित्र तनाबको अवस्था सिर्जना भएको छ ।

ठाकुरसँग २० सांसद छन् । ठाकुर समूह सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ ।

बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित भएका छन् ।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र शुरु भएको छ ।

ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् ।

ठाकुरले संसदीय दलबाट पनि पकड गुमाउँदै गएका छन् । पार्टीमा त पहिला नै उनले पकड गुमाइसकेका थिए । महतोले आफूलाई फसाएको भनेर ठाकुरले निकटका नेताहरूले गुनासाहरू गर्न थालेका छन् ।

महतोका कारण ठाकुर कमजोर र बद्नाम भएपछि त्यसको फाइदा अध्यक्ष उपेन्द्र यादवलाई भएको छ । ठाकुर–महतोका कारण उपेन्द्रले आफूलाई सक्षम र बलियो नेता बनाउन सकेका छन् ।

ओलीलाई सर्वोच्च अदालतले अपदस्थ गरेर बालकोट पुर्‍याइदिएको छ । ओली तत्काल प्रधानमन्त्री बन्ने सम्भावना छैन । ओली प्रधानमन्त्री बन्न नदिन सबै विपक्षी दलहरू एक छन् ।

ओलीलाई साथ दिने क्रममा एमालेका नेता महेश बस्नेतले ठाकुर–महतो समूहका सांसदहरूलाई भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेर मासु, भात, रक्सी खुवाएका थिए ।

जसपाका सांसदहरूलाई एमालेका नेता बस्नेतले पैसा पनि दिएको आरोप छ । तर, पैसा दिएको आरोप पुष्टि हुने आधार छैन ।

Published : Saturday, 2021 July 17, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया