ओलीले बालुवाटार छाडेकै दिन देउवाले जनतालाई दिए राहत

काठमाडौं । निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले बालुवाटार छाडेकै दिन नेपाली कांग्रेस नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिएकै दिन बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ ।

मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि निगमले मूल्य घटाइएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपियाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।

Published : Thursday, 2021 July 15, 12:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया