कांग्रेस नेता बस्नेतको कामले जिल परे सभामुख सापकोटा, कम्युनिस्ट पनि खुसीले गदगद

चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण गरेका छन् ।

कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले बुधबार अस्पतालाई रेफ्रीजेरेटर उपलब्ध गराएका हुन् । अस्पतालमा ब्लडलाई सुरक्षित राख्न रेफ्रीजेरेटरको अभाव रहेको जानकारी पाएका नेता बस्नेतले तत्काल रेफ्रीजेरेटरको व्यवस्था गरिदिएका थिए ।

यसअघि, कांग्रेस बस्नेतको सक्रियतामा बाह्रबिसे र मेलम्चीको स्वास्थ्य केन्द्रमा ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण गरेका थिए ।

नेता बस्नेतको आग्रहमा चौतारा अस्पतालमा हस्तान्तरण गरिएको रेफ्रीजेरेटर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष अमृत कार्कीले सहयोग गरेका हुन् ।

नेपाली कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिका संयोजक समेत रहेका बस्नेतले ब्लड स्टोरेजका लागि रेफ्रीजेरेटर सहयोग गर्ने कार्कीलाई धन्यावाद दिएका छन् । बस्नेतले भने, ‘सिन्धुपाल्चोक जिल्लाको समस्या बुझ्ने अमृत कार्की जस्ता सयौँ व्यक्तिहरूको सहयोगले जनतालाई थोरै भए पनि राहत मिलेको छ । दाता साथीहरूलाई धन्यावाद छ ।’

रेफ्रीजेरेटर हस्ताक्षरण कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेल र जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाइँको पनि उपस्थिति रहेको थियो ।

माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित भएका छन् । सापकोटा प्रतिनिधि सभाको सभामुख पनि छन् । तर, सापकोटाले सिन्धुपाल्चोकमा ‘एउटा माखो पनि मार्न सकेका छैनन्’ भनेर उनकै मतदाताहरूले गुनासाहरू गर्दै आएका छन् ।

सापकोटाले काम गर्न नसकेपछि कांग्रेसका नेता बस्नेतले सिन्धुपाल्चोकका जनतालाई कोरोना महामारीदेखि बाढीपहिरोको प्रकोपबाट बचाउन हरसम्भव प्रयासहरू गर्दै आएका छन् । समस्यामा परेकालाई बस्नेतले आर्थिक सहयोगदेखि बालबालिकालाई काठमाडौंसम्म लगेर निःशुल्क पढाउने गरेका छन् ।

कांग्रेस नेता बस्नेतको सामाजिक कार्यहरूको एमाले र माओवादीसहितका कम्युनिस्टले समेत प्रशंसा गर्ने गरेका छन् । कम्युनिस्ट समर्थकले कांग्रेसलाई आशीर्वात समेत दिने गरेका छन् ।

Published : Thursday, 2021 July 15, 12:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया