कांग्रेसका एक दर्जन सभापतिहरूले जिल्ला छाडे, काठमाडौंमा गुटको भेला

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिएका बेला केन्द्रीय नेतृत्वलाई सहयोग गर्ने बेला वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापतिहरू काठमाडौंमा जम्मा भएर गुटको बैठक र भेलाहरू गर्न थालेका छन् ।

आ–आफ्नो जिल्लामा महाधिवेशनको तयारी गर्नुपर्ने बेला पौडेल समूहका जिल्ला सभापतिहरूले काठमाडौंमा रमिता देखाउन थालेका छन् ।

गुटको बैठक गर्ने यी १२ जिल्ला सभापतिहरूकै जिल्लाभित्र क्रियाशील सदस्यतादेखि अन्य विभिन्न विवादहरू कायम छन् । विरोधीहरूलाई ठेगान लगाउन उनीहरूले निरंकुश शैली देखाउँदै आएको आरोप छ ।

काठमाडौंमा आइतबार नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी, बर्दिया कांग्रेसका सभापति सञ्जय केसी, चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ, सिन्धुली कांग्रेसका सभापति उज्वल बराल, गुल्मी कांग्रेसका सभापति भुवन श्रेष्ठ, काभ्रे कांग्रेसका सभापति मधु आचार्य, कांग्रेसका सभापति सबुज बानियाँलगायत एक दर्जन जिल्लाका सभापतिहरूले गुटको बैठक गरेका हुन् ।

गुटको बैठकबाट उनीहरूले के–के निर्णय गरेका हुन् केही भनिएको छैन । तर, उनीहरूको यो हर्कतले कांग्रेसभित्र मेलमिलाप र सहकार्यको नीति लिएर जाने बेला गुटको बैठक गरेर सबैलाई चकित तुल्याइदिएको चर्चा छ ।

Published : Sunday, 2021 July 11, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया