कांग्रेसका अगाडि निरीह बने शक्तिशाली ओली, देउवा–दाहाल–नेपालको दोस्तीले बालुवाटारभित्र खैलाबैला

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन भत्काउन अनेकौँ हर्कतहरू गरेपछि त्यसलाई असफल तुल्याउने विषयमा तीन शीर्ष नेताहरू एकमत देखिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार आफ्नै निवास बुढानिकलण्ठमा भएको भेटवार्तामा विपक्षी दलहरू गठबन्धन भत्काउने ओलीको हर्कतलाई असफल बनाउने विषयमा सहमति भएको स्रोतले जनाएको छ ।

देउवा र दाहालबीच सर्वोच्च अदालतबाट संसद विघटनविरुद्ध आफूहरूले दायर गरेको रिटमा आउने जुनसकुनै फैसलालाई आत्मसात गरेर अगाडि बढ्ने विषयमा पनि सहमति भएको छ ।

यसैबीच, माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् । दाहाल–नेपालबीच कोटेश्वरस्थित भेटवार्ता भएको थियो ।

एमाले विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको समाचार आइरहेको बेला दाहालले नेता नेपालसँग भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट ओलीले खोसेर लैजान खोजेका छन् । नेपालले आफ्नो बचनलाई अहिलेसम्म पक्का राखेका छन् ।

कांग्रेस र माओवादीलाई दिएको बचनलाई नेता नेपालले कुनै पनि हालतमा नतोड्ने जनाएको स्रोतले उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको फैसला आउँदासम्म नेता नेपालले नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई कायम राख्ने जनाएका छन् ।

ओलीसँग सत्ताको पावर हुँदा समेत कांग्रेसका सभापति देउवासँग निरीह बनेका छन् । देउवा–दाहाल–नेपालबीचको दोस्ती देखेर ओलीलाई तनाब भएको चर्चा हुन थालेको छ ।

Published : Saturday, 2021 July 10, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया