सर्प पाल्न ७२ करोड भ्याउनेलाई ओलीले उपचार खर्च दिएपछि गगनले सातो लिए, एमालेको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले उच्च ओहदामा बसेकाहरूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफू खुसी स्वास्थ्य उपचार खर्च दिएको भन्दै विरोध जनाएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत युवा नेता थापाले ओलीले गलत तरिकाले पहुँचवालालाई उपचार खर्च दिएको भन्दै असन्तुष्टि जनाए ।

उनले विदेशमा उचार गर्न जाने उच्च ओहदामा बसेकाहरूलाई आर्थिक सहयोग गर्दा सरकारलाई सजिलो होस् भनेर कार्यविधि बनाएको बताएका छन् ।

‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषदले निर्णय गर्ने प्रचलन थियो’, थापाले भने, ‘यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ ।’

उनले भने, ‘तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।’

‘कानून नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ’, कांग्रेस नेता थापाले भनेका छन् ।

‘यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५–६–२ गतेदेखि लागूभयो’, पूर्वस्वास्थ्य मन्त्री समेत रहेका कांग्रेस नेता थापाले भनेका छन् ।

‘कानूनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपियाँ पनि तिर्न मिल्दैन’, नेता थापाले भनेका छन् ।

‘प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रधानमन्त्रीको खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो ?’, कांग्रेस नेता थापाको प्रश्न छ ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेका थिए । नेता खनाल भारतमा उपचाररत छन् ।

उपचार खर्च खनालले व्यहोर्न नसक्ने होइनन् । खनालका छोरा ठूला ठेकेदार छन् । काठमाडौंको मुटुमा ठूलो आलिसान घर छ । झलनाथ खनाल फाउण्डेशन बनाएर सरकारबाट ७२ करोड रुपियाँ लिएर खनालले सर्लाहीमा सर्पको पालन गर्दै आएका छन् ।

सम्पन्न नेता खनाललाई ओलीको कम्युनिस्ट सरकारले उपचार खर्च दिएपछि विरोध हुँदै आएको छ ।

Published : Saturday, 2021 July 10, 8:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया