७० करोड ‘काण्डवाला’ गोकुल बास्कोटाले कांग्रेसमा हातहाले

काठमाडौं । एमालेका नेता एवम् सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्री पद गुमाएका गोकुल बास्कोटाले नेपाली कांग्रेसको आन्तरिक विषयमा कडा टिप्पणी गरेका छन् ।

एमालेका नेता बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत कांग्रेसले महाधिवेशन नगरेर अदालतबाट डेढ वर्षको समय माग्ने तयारी गरेको बताएका हुन् । उनले कांग्रेसभित्र म्याद थपीमाग्न अदालतमा निवेदन दिने कुरालाई ब्याङ्ग्य गरेका छन् ।

‘कांग्रेसमा कोभिड–१९ अवधीलाई जिरो समय मानेर डेढवर्ष म्याद थपीमाग्न अदालतमा निवेदन हाल्ने सल्लाह हुन थाल्यो रे भन्छन्’, बास्कोटाले भने, ‘त्यसपछि हुने आम र स्थानीय चुनावमा जाँदा झगडा हुँदैन रे ! देउवा पनि सभापति नबन्ने रे ।’

उनले भने, ‘सभापति पनि अदालती लालमोहोरबाटै ल्याउने पो जस्तो छ त ? रामचन्द्र ज्यूलाई जहिल्यै सकस ।’

कांग्रेसको १४औँ महाधिवेशन नजिकिएका बेला नेता कार्यकर्ता आन्तरिक तयारीमा लागेका बेला एमालेका नेता बस्कोटाले कांग्रेसका नेताहरू अदालतबाट म्याद थपका लागि गृहकार्यमा रहेको खुलासा गरिदिएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशन भदौ महिनाभित्र गर्नका लागि तयारी तिब्र बनाएका छन् । देउवाको तयारी तिब्र भएपछि रामचन्द्र पौडेलसहितका नेताहरूलाई तनाब भएको छ ।

सत्तारुढ एमालेका नेता बास्कोटाले कांग्रेस नेताहरूप्रति ब्याङ्ग्य गर्दै राजनीतिक विषयमा पनि अदालत जाने परम्परा उचित नरहेको बताएका छन् ।

नेपाली कांग्रेसले कम्युनिस्टहरूसँग मिलेर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि बालुवाटार निकटको एमालेलाई मन परेको छैन । हुन् त सभापति देउवा पनि निर्वाचनको पक्षमा छन् ।

Published : Saturday, 2021 July 10, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया