ओलीको कम्युनिस्ट सरकारद्वारा जनताको ढाड सेक्ने बबण्डर निर्णय

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । ओली सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासमा मूल्य बढाएको छ ।

नेपाल आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपियाँ प्रतिलिटर बढाएको छ ।

अन्तर्राष्ट्रिय वायु सेवामा प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर मूल्य वृद्धि भएको छ ।

ओली सरकारले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपियाँ मूल्यवृद्धि गरेको छ ।

काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल एक सय १२ रुपियाँ प्रतिलिटर पुगेको छ ।

आन्तरिक हवाई इन्धन ८४ रुपियाँ प्रतिलिटर भएको छ । बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर पुगेको छ ।

खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपियाँ पुगेको छ ।

कोरोना महामारीका बेला जनता घरभित्र छन् । ओलीको कामचलाउ कम्युनिस्ट सरकारले इन्धनमा मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ । मूल्य वृद्धिसँगै सबै सामानमा मूल्य वढ्ने प्रक्षेपण गरिएको छ ।

Published : Tuesday, 2021 July 6, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया