सेयर बजारमा गिरावट, गोरखाले गुमायो, विशाल बजारले कमायो

काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ ।

कारोबार साढे चार अर्बमा सीमित हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.७८ अंकले घटेको हो । नेप्से २८२२.७४ विन्दुमा ओर्लिएको छ ।

नेप्सेमा कूल चार अर्ब ५८ करोड २२ लाख १२ हजार रुपियाँ बराबरको कारोबार भएको छ ।

कूल २२४ वटा कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक खरिद–बिक्री भएका थिए ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.०४ अंकले घटेर ५२८.४२ विन्दुमा कायम भएको छ ।

विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

गोर्खा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.३६ प्रतिशतका दरले गुमाएका छन् ।

हिमालयन डिस्टिलरी लिमिटेडका सेयर सबैभन्दा धेरै ४१ करोड २० लाख ८९ हजार रुपियाँ बराबरको कारोबार भएको छ ।

संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै छ लाख ८५ हजार २०० कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार २४४ पटक किनबेच भएका थिए ।

Published : Monday, 2021 July 5, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया