शंकर पोखरेलका नेता किरण भण्डारीसहित ठूलो ग्याङ खोज्न प्रहरी परिचालन, काण्ड गरेपछि भागाभाग

मसुरिया । दाङको देउखुरीस्थित ‘महाप्रभू बचत तथा ऋण सहकारी संस्था’को ५ करोड बढी रकम हिनामिना गरेको अभियोगमा सत्तारुढ एमालेका नेता किरण भण्डारीसहितका पूर्वपदाधिकारी र सदस्यहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एमालेका नेता भण्डारीसहित २० जनाको ग्याङविरुद्ध ५ करोड भन्दा धेरै रकम हिनामिना गरेको आरोपमा दाङ देउखुरी जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । भण्डारी लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका नेता हुन् । भण्डारीले दाङमा केपी ओली समूहलाई साथ दिँदै आएका छन् ।

पक्राउ पुर्जी जारी भएकामा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी पनि छन् । सुवेदी सहकारीको लेखा समितिको पूर्व संयोजक हुन् ।

सुवेदीले विज्ञप्ति जारी गरेर सहकारीको एकपैसा पनि आफूले हिनामिना नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने जनाएका छन् ।

सुवेदीले सहकारीबाट आफूले राजीनामा दिइसकेको अवस्थामा रकम हिनामिनाका विषयमा नाम जोडिएर आएपछि चिन्ता जनाएका छन् ।

सुवेदी जस्तै केही पूर्वपदाधिकारी र सदस्यहरू सहकारीको यो काण्डमा निर्दोष रहेको दाबी गरिएको छ । फरार सूचीमा रहेका २० जनाका ग्याङलाई पक्राउ गर्न दाङ प्रहरी सक्रिय भएको छ ।

१.नुमानन्द सुवेदी – महाप्रभु बचत तथा ऋण सहकारीका पूर्व लेखा समिति संयोजक

२. किरण भण्डारी – महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष

३. रुकमाङ्गत ज्ञवाली – पूर्वध्यक्ष एमाले

४. रामबहादुर कुवर – पूर्वउपाध्यक्ष जनमोर्चा

५. कृष्णप्रसाद उपाध्यय पौडेल – पूर्व उपाध्यक्ष

६. हिमानन्द पाण्डे – पूर्व सचिव एमाले

७. हरिप्रसाद भुसाल – पूर्व सचिव कांग्रेस

८. माधव शर्मा – पूर्व सह–सचिव जनमोर्चा

९. रामकृष्ण पौडेल – पूर्व कोषाध्यक्ष जनमोर्चा

१०. गुरुप्रसाद सुवेदी – पूर्व व्यवस्थापक माओवादी

११. केशवराज आचार्य – सदस्य माओवादी

१२. कमला पौडेल – सदस्य

१३. धर्मराज अधिकारी – सदस्य माओवादी

१४. शारदा भुसाल – सदस्य

१५. कमला बेल्वासे – सदस्य जनमोर्चा

१६. बिष्णुबहादुर थापा – लेखा तथा सुपरिवेक्षण समितिका पूर्व संयोजक कांग्रेस

१७. तुलसीराम पोख्रेल – लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य माओवादी

१८. युवराज भुषाल – लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य कांग्रेस

१९. गोबिन्दप्रसाद भण्डारी – लेखा परीक्षक

२०. गंगाबहादुर केसी – लेखापरीक्षक

Published : Thursday, 2021 July 1, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया