देउवाद्वारा बस्नेतको कामको मूल्यांकन, पत्र पाएकै दिन गरे कम्युनिस्ट मुर्छापर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई ‘बाढीपहिरो विपत व्यवस्थापन समन्वय समितिको संयोजकमा मनोनयन गरेका छन् ।

सभापति देउवाले खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतलाई समितिको संयोजकमा मनोनयन गरेका हुन् । संयोजक बस्नेतले पार्टी सभापति र कांग्रेसको केन्द्रीय कार्यसमितिले विश्वास गरेर दिएको जिम्मेवारीलाई आफूले इमान्दारिताको साथ बहन बताएका छन् । उनले कांग्रेसका कार्यकर्ताहरूको शिर झक्न नदिएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

देउवाले संयोजकमा मनोनयन गरेको पत्र दिएसँगै बस्नेतले बाढीपहिरो पीडितहरूका लागि बोल्ड निर्णय गरेका छन् ।

संयोजक बस्नेतले विज्ञप्ति जारी गरेर २०७८ सालको शुरुदेखि बाढी र पहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारहरूलाई प्रत्येक मृतक २५ हजार रुपियाँ राहत दिन निर्णय गरेका छन् ।

‘२०७९ सालको शुरुदेखि बाढी र पहिरोका कारण मृत्यु हुनु भएका व्यक्तिका परिवारहरूलाई थोरै भए पनि मानवीय सहयोगको हिसावले प्रत्येक मृतकको परिवारलाई रु.२५००० हजारका दरले यथाशीघ्र राहत सहयोग उपलब्ध गराउने सबैका लागि जानकारी गराउन चाहन्छु’, बस्नेतले भनेका छन् ।

सभापति देउवाले कामको मूल्यांकन गरेर आफूलाई बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिको संयोजक दिएको भन्दै बस्नेतले धन्यावाद समेत दिएका छन् ।

नेता बस्नेतले कोरोना महामारीका बेला जोखिम मोलेर सिन्धुपाल्चोक जिल्लासहित देशका अधिकांश स्थानमा स्वास्थ्य सामग्री वितरण गर्नेदेखि बाढीपहिरो पीडितको उद्धार र राहतमा सहयोग गर्दै आएका छन् ।

नेता बस्नेतले मानवीय भावनाले सबै पीडितलाई सहयोग गर्दै आएका छन् । बस्नेतले प्राकृतिक विपद् र कोरोना महामारीका बेला गरेको कामबाट कम्युनिस्टहरूलाई जलन भएको । कांग्रेस नेता बस्नेतलाई सत्ताको पावर देखाएर सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री र राहत वितरणमा असहयोग गरेका थिए ।

जनताको साथ लिएर नेता बस्नेतले सिन्धुपाल्चोकमा जबरजस्त रुपमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । उनले स्वास्थ्यकर्मी, खेलाडी, कांग्रेसका फ्रन्ट लाइनमा खटिएर सहयोग गरेकाहरूको स्वास्थ्य बीमा पनि गरिदिएका थिए ।

कांग्रेस नेता बस्नेतले खेलकुद विभागमार्फत देशभरि रक्तदान कार्यक्रम समेत चलाएका थिए । कोरोनाका बेला रगत अभाव हुन नदिने खेलकुद विभागले रक्तदान गरेको छ ।

Published : Wednesday, 2021 June 30, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया