देउवा मैदानमा उत्रिएपछि सन्नाटा, विमलेन्द्र-शेखरको चुरीफुरी लल्याक-लुलुक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौको दोस्रो साता हुने लगभग पक्का सरह छ । नेताहरूले तयारी शुरु गरेका छन् । गुट निर्माण पनि हुन थालेका छन् । सभापति पदमा शेरबहादुरदे देउवाले उम्मेदवारी दिने भनेपछि तरंग उत्पन्न भएको छ ।

देउवाले आफू निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग भेटेर सहयोग गर्न भनिसकेका छन् । देउवाले सभापति पदका लागि भोट माग्न थालेपछि देउवाकै गुटका उप–सभापति विमलेन्द्र निधिले पनि प्रचार प्रसार शुरु गरेका छन् । निधीले देउवा समूहकै केही नेताहरूलाई आफूतिर तानेर लैजाने प्रयास गरेका छन् ।

निधीले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूलाई पनि तान्ने प्रयास गरेका छन् । निधीले आफू सभापतिमा कुनै पनि हालतमा उम्मेदवार बन्नेछन् । केही दिन अगाडि निधीले प्रकाशमान सिंह र शशांक कोइरालालाई आफ्नै निवासमा बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । सिंह र कोइरालाले निधीलाई सभापतिमा सहयोग गर्न नसक्ने जवाफ दिएका छन् । सिंह र कोइरालाको जवाफले निधीलाई तनाब बढाइदिएको छ ।

उप–सभापति निधीले गगन थापा, सरिता प्रसाइँसहितका एक दर्जन युवा नेताहरूसँग पनि भेटवार्ता र छलफलहरू गरेका छन् । निधीले अहिलेसम्म जो–जोसँग छलफल र सम्वाद गरेका छन् सबैमा निराशा हात लागेको छ । निधीले देउवाको सहयोग विना कुनै पनि हालतमा सभापतिमा जित्न नसक्ने धेरैको भनाइ छ ।

देउवा आफै सभापति पदमा उम्मेदवार बन्ने भएपछि निधीलाई तनाब भएको छ । निधीले सभापति पदमा पराजित भए पनि गुट चलाएर बस्ने तयारी गरेका छन् । निधीलाई देवाले १५औँ महाधिवेशनमा सभापति पदमा सहयोग गर्ने आश्वासन दिएका थिए । निधीले देउवाको त्यो प्रस्तावलाई मानेका छैनन् । निधीलाई कसले उचालेको छ कसैले केही भनेको छैन ।

निधी सबैभन्दा धेरै अवसर पाउने नेतामा पर्छन् । देउवाको साथ लागेर निधीले उप–प्रधानमन्त्री, गृह मन्त्री, भौतिक मन्त्री, पार्टीको महामन्त्री, उपसभपाति आदि सबै पद पाइसकेका छन् । उनले पाउन बाँकी भनेको पार्टी सभापति र प्रधानमन्त्री पद मात्रै बाँकी छ । त्यो पनि उनले पाउने सम्भावना छ । तर, देउवालाई असहयोग गरेर निधीले ती दुबै पद पाउने सम्भावना निकै कम छ । सभापतिमा देउवालाई सहयोग गरेको भए निधीलाई प्रधानमन्त्री बन्ने अवसर जुट्ने थियो ।

आफ्नै प्रदेश नं. २ मा कमजोर मानिएका निधीले गृहजिल्ला धनुषाकै पार्टीका नेताहरूलाई आफ्नो साथमा लिन सकेका छैनन् । निधीले धनुषाबाट केन्द्रीय सदस्य रहेका रामकृष्ण यादव, महेन्द यादव र आनन्दप्रसाद ढुंगानालाई समेत विश्वासमा लिन नसकेको आरोप छ । यी तीन जना केन्द्रीय सदस्य निधीकै गृहजिल्ला धनुषाका हुन् । आफ्नै जिल्लाभित्र समेत निधी कमजोर छन् ।

निधीभन्दा शक्तिशाली भएर कोइराला परिवारले सभापतिमा उम्मेदवार उठाउने तयारी गरेको छ । शेखर कोइराला सभापति पदमा उम्मेदवार बन्ने सम्भावना छ । कोइरालो आफू सभापति पदमा उम्मेदवार बन्ने बताइसकेका छन् । शेखर कोइराला सभापति पदमा उम्मेदवार बने भने कोइराला परिवारको सहयोग उनलाई हुनेछ । यस्तो अवस्थामा निधी सबैभन्दा पुच्छारमा हुनेछन् । अहिले पनि देउवाले नै सभापति पदमा जित्ने धेरैका बुझाइ छ ।

Published : Monday, 2021 June 28, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया