भण्डारी ओलीको कार्यकर्ताः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको बताएका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँगको छलफल कार्यक्रममा देउवाले राष्ट्रपतिको भूमिकाको आलोचना गरेका हुन् ।

राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ताजस्तो भएर काम गरेको आरोप उनले लगाएका छन् । उनले संविधानमा धारा ७६ (५) राख्नुको अर्थ सांसदहरूको स्वतन्त्रता स्वीकारिएको बताए ।

सोही धाराअनुसार गत जेठ ७ गते १४९ सांसदले हस्ताक्षर गरेर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए ।

भण्डारीले देउवाको दाबीलाई अस्वीकार गरेकी थिइन् । भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेर प्रतिनिधि सभा भङ्ग गरिदिएकी थिइन् ।

Published : Saturday, 2021 June 26, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया